चिसोका कारण भैरहवाका विद्यालय ६ दिन बन्द
भैरहवा : चिसो अत्याधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका विद्यालयहरू बन्द गरिने भएको छ । बढ्दो शीतलहर प्रकोपको कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै ६ दिनका लागि बन्द गरिएको सिद्धार्थनगर नगरपालिकाका उपसचिव एवं शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।
उनका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी पालिकाअन्र्तगतका सम्पूर्ण सामुदायिक,संस्थागत र धार्मिक विद्यालय माघ ७ गते देखि १२ गतेसम्म बन्द रहनेछ ।
साथै,बिदा अवधीको बीचमा मौसम सुधार भए विद्यालय सञ्चालनमा पुर्नविचार गरी सूचना जारी गरिने कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
५