समितिबाट विधेयक छिटोभन्दा छिटो आए सदन चलाउन सजिलो हुन्छ : सभामुख

माघ २० गतेभित्र संसद अधिवेशन सुचारु हुने

माघ २० गतेभित्र संसद अधिवेशन सुचारु हुने

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा भएका विधेयकको अवस्थाको बारेमा जानकारी दिएका छन्। प्रतिनिधिसभाअन्तर्गत रहेका समितिका सभापतिसँग आज बिहान भएको बैठकमा संसदको क्यालेण्डर बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।   

बैठकपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुखले समितिबाट विधेयक छिटोभन्दा छिटो आए सदन चलाउन सजिलो हुने बताएको जानकारी दिए।

खतिवडाले माघ १८ गतेदेखि २० सम्ममा संसद अधिवेशन सुचारु हुने सम्भावना रहेको बताए।‘ माघ १८ गतेदेखि २० सम्ममा संसद चल्न सक्ने सम्भावना छ। त्यसैले सभामुख ज्यूले संसदीय समितिमा भएका विधेयकको अवस्थाको बारेमा जानकारी लिनुभयो। विधेयक समितिबाट छिटो आए सदन चल्न सजिलो हुन्थ्यो भन्ने कुरा भयो।’उनले भने, ‘संसदलाई नयाँ रुप दिन संसदको क्यालेण्डर बनाएर जाँदा कतिको उपयुक्त हुन्छ भन्नेबारे पनि छलफल भयो।’

उनले एनसेलको बारेमा धेरै समितिमा छलफल भएकाले एकै ठाउँमा बसेर छलफल गर्न आफूले प्रस्ताव राखेको बताए। उनले भने,‘सत्तामा हुँदा विधेयकलाई एउटा पक्षले हेर्ने र प्रतिपक्षमा हुँदा अर्को आँखाले हेर्ने प्रवृति विकास भएको छ। कतिपय विधेयकको विषयलाई हाई लेभलमा छलफल हुनु आवश्यक छ।’

दलहरुबीच कुरा नमिल्दा समितिमा संवैधानिक परिषद्, टीआरसी, विद्यालय शिक्षालगायतका विधेयकहरू अड्किएर बसेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.