रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु
बुटवल : बाक्लो हुस्सुले बाटो नदेख्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका -३ मा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीय नागरिक हुन् भने अर्का कपिलवस्तुका स्थानीय हुन्।
लु ५८ प २७२८ नम्बर र युपी ५५ एएन १११२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किदा शुद्धोधन गाउँपालिका–५ कपिलवस्तुका ४५ वर्षीय शिवशंकर यादव र भारतीय नागरिक ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो ।
उनीहरुको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए । आइतबार साँझ उनीहरु सवार मोटरसाइकल महिलवार–पडरिया सडक खण्डको लंकापुरमा दुर्घटना भएको थियो। बाक्लो हुस्सुमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।