बुढीगण्डकी आयोजनाको काम यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

बुढीगण्डकी आयोजनाको काम यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अगाडि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले आयोजना निर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालले जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेकाले आयोजनाको निर्माण कार्यमा अन्यौलमा नरहन मन्त्रालय,नेपाल विद्युत् प्राधिकरण र बुढीगण्डकी जलविद्युत् लिमिटेडलाई आग्रह समेत गरे। 

'बुढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौँ। तसर्थ,यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ,'प्रधानमन्त्रीले भने।'

४३ अर्ब मुआब्जा वितरण भइसकेको भन्दै प्रधानमन्त्रीले आयोजनाको काममा विलम्ब नगर्न आग्रह समेत गरे।  उनले भने,'४३ अर्ब मुआब्जा वितरण भइसक्यो। थप अधिग्रहणका निम्ति जग्गा रोक्का गरिएको छ। फिल्ड अफिस स्थापना गरेर उद्घाटनसमेत भइसक्यो। अब पनि आयोजना अगाडि बढ्छ कि बढ्दैन भनेर सोच्नु हुँदैन। आयोजना अगाडि बढाउनैपर्छ। तपाईंहरू छिटो अगाडि बढ्नुस्।'

बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का,उर्जामन्त्री बस्नेत,सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा,मुख्यसचिव अर्याल,अर्थसचिव कृष्णहरि पुष्कर,उर्जासचिव,प्रधानमन्त्री कार्यालयका सचिवहरू, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू र बुढीगण्डकी जलविद्युत् लिमिटेडका अधिकारीहरू उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.