परशुरामले विद्यार्थीलाई बिनाब्याज कर्जा दिने

परशुरामले विद्यार्थीलाई बिनाब्याज कर्जा दिने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका गर्नका लागि विद्यार्थीलाई कर्जादिने भएको छ । परशुराम नगरपालिकाले एसईई वा सोभन्दा माथिको शैक्षिक तहकालाई विनाब्याज कर्जादिने निर्णय गरेको हो । 

परशुराम नगरपालिकाको १४ औं नगरसभाबाट प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितोराखी बिनाव्याज पाँचलाखसम्म कर्जा दिन निर्णय गरेको हो । यसै शैक्षिक सत्रबाट लागू हुनेगरी सो कर्जा उपलब्ध गराउने कार्यविधिको कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ । 

आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई नगरपालिकाले विनाब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर उच्चशिक्षा अध्ययनका लागि ऋण दिने व्यवस्था गरेको हो । दिइएको कर्जा विना व्याज शैक्षिक सत्रको अन्तिम वर्षबाट फिर्ता गर्नुपर्ने प्रावधान बनाइएको छ । 

परशुराम नगरपालिकाको १४ औं नगरसभाबाट शैक्षिक कर्जा सम्बन्धिको ऐन समेत पारित गरी विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा बिनाब्याजको कर्जा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख जोशीले जानकारी दिए । 

परशुराम नगरपालिका भित्रका जेहेन्दा र तथा उच्च शिक्षा पढ्ने अभिलाशा भएका कोही पनि बालबालिका आर्थिक अभावका कारण पढाइबाट बञ्चित हुँदैन । सबैले प्राविधिक तथा व्यवसायिक शिक्षा पढ्न पाउँछन् । त्यसका लागि नगरपालिकाले विना ब्याज प्रमाणपत्रका आधारमा कर्जा उपलब्ध गराउने भएको छ,'मेयर जोशीले बताए ।

उच्च शिक्षा अध्ययन गर्नका लागि प्रदान गरिने कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारबाट मान्यता प्राप्त हुनुपर्ने प्रावधान रहेको परशुराम नगरपालिकाले जनाएको छ ।

आर्थिक अभाव हुँदा एसईई वा सोभन्दा माथिको प्राविधिक तथा उच्च शिक्षा हासिल गर्न चाहने विधार्थी तथा अभिभावकलाई अब समस्या हुँदैन । राम्रो अकं ल्याइ पास भएका र आर्थिक अभावका कारण बढाइबाट बञ्चित हुनुपर्ने अवस्था हटाउन नगरपालिकाले यो कार्यक्रम ल्याएको मेयरले बताए।

लक्षित समुदायका वालवालिका सहित लोपन्मुख परिवार,विपन्न वर्ग र महिला वर्गको शिक्षामा पहुँच बढाउन यो कार्यक्रम ल्याएको हो। यस्तो ऋण एक परिवारको एक जनाले मात्रै पाउनेछन् ।

उक्त कर्जा रकम शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुई वर्षभित्र पचास प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्ष भित्र सबै कर्जा रकम फिर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.