हिउँले गोरखाको गुप्सीपाखा ढपक्कै

हिउँले गोरखाको गुप्सीपाखा ढपक्कै
हिउँले ढाकिएको गुप्सीपाखाको नमूना बस्ती। तस्बिर सौजन्य : तुले गुरुङ/लाप्राक
सुन्नुहोस्

गोरखा : गोरखाको धार्चे गाउँपालिका-४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ। एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरू हिउँले ढाकिएपछि मनमोहक देखिएको छ।

समुद्री सतहदेखि २७५० मिटर उचाइमा अवस्थित गुप्सीपाखामा दिउँसो साँढे २ बजेदेखिको हिमपातले बस्ती सेताम्मे भएको हो। यस वर्षको पहिलो पटक हिउँ परेपछि सो बस्तीका बासिन्दा खुसी छन्। ‘पोहोर साल पनि हिउँ परेन। ढिलै भए पनि यसपटकचाहिँ पर्‍यो भनेर स्थानीयबासी खुसी छन्,' स्थानीय तुले गुरुङले भने, ‘अझै ठूलो हिउँ परे बारीमा भर्खर उम्रिएको गहुँ, जौ सप्रिन्थ्यो भन्ने चाहना थियो, तर चाहेजति हिउँ अझै परेको छैन।’ उनका अनुसार अहिले गुप्सीबस्तीमा करिब दुई इन्चजति हिउँ जमेको छ।

गुप्सीमा हिउँ परेपछि त्यस भेगका बारीहरूमा पानी बर्सने गर्थ्यो। तर अहिले हिउँ परे पनि पानी भने अझै परेको छैन। ‘गहुँ, जौ सुकिसकेका थिए। अल्ली ठूलो हिउँ परेको भए एकदम राम्रो हुने थियो। अझै पर्छ कि?,' वडाध्यक्ष किसान गुरुङले भने। 

एकीकृत नमूना बस्तीमा हिउँ परेपछि दृश्यावलोकन गर्न विभिन्न ठाउँबाट मान्छेहरू आएका उनले बताए। ‘पहिल्यै आएका विदेशी पर्यटकहरू हिउँ परेपछि बिछट्टै रमाएका छन्। वरिपरिका गाउँहरूबाट पनि हिमपात हेर्न आइपुगेका छन्,' वडाध्यक्ष गुरुङले भने, ‘यहाँ लामो समयसम्म हिउँ रहने हुँदा पहिले-पहिले पनि धेरै ठाउँबाट आन्तरिक पर्यटकहरू आउने गर्थे, यसपटक पनि पक्कै आउलान्।’

२०७२ सालको भूकम्पले धार्चे ४ लाप्राकका सबै घरहरू क्षतिग्रस्त भएपछि एनआरएनएले यहाँ एकीकृत नमूना बस्ती निर्माण गरेको थियो। बुधबार दिउसोदेखि उत्तरी गोरखाको साम्दो, सामागाउँ, ल्हो, स्याला, चुम्चेत, छेकम्पारका गाउँबस्तीहरुमा पनि हिउँ पर्न थालेको छ। ‘तीनहजार मिटर उचाइमा रहेको हाम्रो छुले गाउँमा साँझतिरबाट हिउँ पर्न सुरु गरेको छ,' स्थानीय भू छेदेनले भने, ‘लामो समय भएको थियो, हिउँ नपरेको, अब राम्ररी पर्छ कि भन्ने आशा छ।’ हिमपात धेरै दृष्टिकोणले राम्रो हुने उनले बताए। 

nullnullnullnullnullnullnullnullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.