अर्काको नाममा ट्रायल दिने परीक्षार्थी पक्राउ

अर्काको नाममा ट्रायल दिने परीक्षार्थी पक्राउ
सुन्नुहोस्

गोरखा : अर्काको नाउँमा सवारी लाइसेन्सका लागि ट्रायल दिँदै गरेका एक युवा पक्राउ परेका छन्। तनहुँको भानु नगरपालिका ४ का सुरेश थापा मगरको मोटरसाइकल लाइसेन्सका लागि ट्रायल दिँदै गरेका सोही ठाउँका पूर्ण थापा मगरलाई पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जानकारी दिएको छ।

 
‘सुरेश थापा मगरको नाममा सहीछापसमेत किर्ते गरी प्रयोगात्मक परीक्षा(ट्रायल) मा सहभागी भइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो,' इप्रका आँबुखैरेनीका प्रमुख इन्स्पेक्टर शिव थापाले भने, ‘उनलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी इप्रका आँबुखैरेनीमा राखेर अनुसन्धान भइरहेको छ।’
लाइसेन्सका लागि यातयात व्यवस्था कार्यालय, बन्दिपुर गाउँपालिका-४ विमलनगरमा ट्रायल परीक्षा भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.