भागेश्वर गाउपालिका जिल्लाकै उत्कृष्ट
डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउपालिका जिल्लाका अन्य पालिकाभन्दा उत्कृष्ट बनेको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा डडेल्धुराको भागेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको हो।
संघीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा भागेश्वरले ९१ अंक हासिल गर्दै जिल्लाको उत्कृष्ट बनेको हो।
त्यस्तै ७६.२५ अंक प्राप्त गरेर अमरगढी नगरपालिका र आलिताल गाउँपालिकाले दोस्रो स्थान हासिल गरेका छन् भने ६९ अंक ल्याएर परशुराम नगरपालिका तेस्रो स्थानमा अटाएको छ। त्यस्तै सुदूरपश्चिममा ९५.५ अंक ल्याएर डोटीको आदर्श गाउँपालिका प्रदेशमै उत्कृष्ट बनेको छ। ९१ अंक ल्याएको भागेश्वर प्रदेशमै दोस्रो भएको जनाएको छ।