शब्दकोषबाट ॐ शब्द हटाएको विषयमा एमिसक्यूरीको बहस सकियो, आजै फैसला

शब्दकोषबाट ॐ शब्द हटाएको विषयमा एमिसक्यूरीको बहस सकियो, आजै फैसला
सुन्नुहोस्

काठमाडौं : नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध मुद्दामा अदालतको सहयोगी एमिकस क्यूरी) को बहस सकिएको छ। मुद्दामाथि बहस सकिएकाले आजै फैसला आउने संभावना छ।

सो मुद्दामा निवेदक तर्फका वकिल र सरकारी पक्षका वकिलको बहस बिहीबार सकिएपछि आज एमिकस क्यूरीको बहस भएको हो। रिट निवेदक तथा कानुन व्यवसायी स्वागत नेपालले ॐ शब्द हटाएको विरुद्ध रिटमा बहस सकिएकाले आजै फैसला आउने संभावना रहेको बताए।

माघ ९ गतेदेखि न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा रिटमाथि बहस सुरू भएको थियो।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ गते मन्त्रिपरिषद् बैठकबाट हटाउन लगाएर लागू गराएका थिए। सरकारको सो निर्णयविरुद्ध अधिवक्ता नेपाल,टपेन्द्र बहादुर कार्कीलगायतले  २०७३ भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

विदेशी प्रभावमा परी नेपाली,भाषा,संस्कृति र परम्पराको अन्त्य गर्ने उद्देश्य राखि ॐ शब्दलाई शब्दकोशबाट झिकिएको भन्दै उनीहरुले रिट दिएका थिए।

यसअघि  रिटमाथि सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले 'एमीकस क्युरी'मगाउन आदेश दिएको थियो। भाषा र कानुन दक्षताको भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन नेपाल बारको नाममा आदेश भएको थियो।

निवेदकले पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको सम्पादन खारेज गर्नुपर्ने माग गरेका छन्। २०७५ सालमा प्रकाशित  १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.