कृष्णपुरका श्याम देउवा मृत्यु प्रकरणमा तीन टोलीले अनुसन्धान गर्दै

कृष्णपुरका श्याम देउवा मृत्यु प्रकरणमा तीन टोलीले अनुसन्धान गर्दै
सुन्नुहोस्

धनगढी : अत्तरियाको सौगात दोहोरी साँझमा झगडा भएपछि मृत अवस्थामा भेटिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका ४२ वर्षीय देउवाको मृत्यु प्रकरणमा नेपाल प्रहरी प्रदेश कार्यालयले पनि अनुसन्धान थालेको छ।

अपराध अनुसन्धानको मात्रै जिम्मेवारी पाएको र संघ सरकार मातहत रहेको नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक नरपति भट्टको नेतृत्वमा अनुसन्धान टोली खटाएको हो। 

‘हामीले प्रहरी निरीक्षक नरपती भट्टको नेतृत्वमा टोली परिचालित गरेका छौं। अनुसन्धानको धेरै पाटो हेरिएको छ। पक्राउ परेका ६ जनाकै पोलीग्राफ परीक्षण पनि भइसकेको छ,' नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीप सिंह देउवाले भने, ‘धेरै कुरा खुल्दै गएको छ।’

यसअघि इलाका प्रहरी कार्यालय मालाखेतीले प्रहरी निरीक्षक रविन्द्र कठायतको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने जिल्ला प्रहरी कार्यालय कैलालीले पनि प्रहरी निरीक्षक उपेन्द्र बमको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरेको छ। 'इलाका प्रहरी कार्यालय मालाखेतीको टोली र जिल्लाको टोलीलाई हाम्रो टोलीले प्राविधिक सहयोग गर्छ,' प्रहरी वरिष्ठ उपरीक्षक देउवाले भने।
 
पुस २५ गते कैलालीको अत्तरियामा रहेको सौगात दोहोरी साँझमा लफडापछि राति घर जाने भनेर निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका ४२ वर्षीय देउवा पुस २६ गते घाईते अवस्थामा फेला परेका थिए। उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा पुस २६ गते नै मृत्यु भएको थियो।

शरिरभरि घाउ भएको अवस्थामा घाइते फेला परेका देउवाको मृत्यु भएपछि आफन्तहरूले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। आफन्तको जाहेरीका आधारमा प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का टेक बहादुर नायक, वडा नम्बर ९ का रामबहादुर ऐर, गोदावरी नगरपालिका वडा नम्बर १ का विनोद शाह, वडा नम्बर १ कै उमेश बढैला, यज्ञ विक र गोदावरी ६ का प्रकाश ओलीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ।

दोहोरी साँझको सीसी क्यामेराको फुटेज नियन्त्रणमा लिए पनि त्यहाँ सामान्य भनाभन बाहेक नदेखिएपछि घटना झनझन रहस्यमयी बन्दै गएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.