रौतहटमा ६ महिनामा २ सय ६९ फरार प्रतिवादी पक्राउ

रौतहटमा ६ महिनामा २ सय ६९ फरार प्रतिवादी पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट : अदालतबाट फैसला भइ  दोषी ठहरी फरार रहेका रौतहटका २ सय ६९ प्रतिवादीलाई प्रहरीले  पक्राउ गरेको छ । जिल्लामा  ६ महिनामा ५ सय ८ अपराधका घटना दर्ता भएका छन् । २ सय ९० फर्छौट,२ सय १८ अनुशन्धान भइरहेको छ । पक्राउ गरी अदालत पेश गर्दा ४४ वर्ष २ महिना १५ दिन असुली गर्दै १२ लाख ५ हजार ७ सय १२ रुपैयाँ राजस्व असुली भएको छ ।

उक्त अवधिमा कर्तव्य ज्यानमा ९ वटा मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फर्छोट भइसकेको बाँकी ५ वटा मुद्दाको अनुसन्धान जारी रहेको मुद्दामा ९ जनालाई पक्राउ गरी  अदालत बुझाएको प्रहरीले जनाएको छ । 
महिला बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी  ३९ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा मुद्दा फर्छोट भएको बाँकी दुईवटा मुद्दाको अनुसन्धान भइरहेको छ ।

सवारी ज्यान मुद्दा  २४ वटा म दर्ता भएको १८ फर्छोट भइसकेको र ६ वटाको अनुसन्धान जारी रहेका छन् । लागुऔषध को ११ वटा मुद्दा दर्ता गरिएको जसमध्ये ९ वटा फर्सौट भइसकेको २ मुद्दाको अनुसन्धान भइरहेको तथा १५ जना मानिसलाई पक्राउ गरिएको उल्लेख छ ।

साइवर अपराधतर्फ ५ वटा मुद्दा दर्ता भएको सबैको फर्छोट भइसकेको छ । चोरीडाँका मा ३४ मुद्दा दर्ता भएको ३३ वटाको फर्सोट भइ १ वटा मुद्दाको अनुसन्धान भइरहेको र सो मुद्दामा ५० जना मानिसलाई पक्राउ  परेका छन् ।

सवारी नियम उलंघनविरुद्ध १० हजार ७ सय १ जना विरुद्ध कारवाही हुँदा ८५ लाख १७ हजार ५ सय राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।रौतहटमा ६ महिनामा सवारी दुर्घटना ३ सय १२ वटा भएको २६ जनाको मृत्यु र ४ सय ५६ यात्रुहरु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्षको पुस मसान्त सम्मको प्रगति विवरण सार्वजनिक गरेको हो। फैसला कार्यान्वयन, फरार प्रतिवादीलाई पक्राउ, ज्यान मुद्दा, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी मुद्दा,सवारी ज्यान,लागुऔषध मुद्दा, विद्युतीय कारोवार साइवर अपराध मुद्दा,चोरी डाकाँ मुद्दा, सवारी नियम उलंघन गर्ने विरुद्ध कारवाहीका मुद्दाहरुको विषयमा  जिल्ला प्रहरी कार्यालय रौतहटले गत साउनदेखि पुस मसान्त सम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

हिरासत कक्षमा पुस्तकालयको व्यवस्थापन,समुदाय साझेदार प्रहरी कार्यक्रम,अल्पसंख्यकसँग प्रहरी कार्यक्रम,नागरिक सुनुवाइ कार्यक्रम र ट्राफिक सचेतना कार्यहरू पछिल्ला ६ महिनाको अवधिमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी  गिरीले जानकारी दिएकी छन् ।

बरामद गरिएका सवारी साधनसहित दुई करोड ९५ लाख ३१ हजार ३ सय ३१ रुपैयाँ मूल्य बराबरको मालसामान आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको डीएसपी गिरीले बताएकी छन् । जिल्ला प्रहरी कार्यालय गौर,इलाका प्रहरी कार्यालय गरुडा,इलाका प्रहरी कार्यालय चन्द्रपुर र इलाका प्रहरी कार्यालय फतुवा विजयपुरबाट प्रहरीले अनुसन्धान गरी मुद्दा दर्ता गर्ने गरेको प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.