मुलुकी देवानी संहितामा संशोधन गर्न कुष्ठरोग प्रभावितहरूको माग
कपिलवस्तु : कपिलवस्तुका कुष्ठरोग प्रभावितहरूले मुलुकी देवानी संहितामा कुष्ठरोग प्रभावितहरूप्रति भएको विभेदको अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
तौलिहवामा स्थापना गरिएको स्वयंहेरचाह सिकाई तथा पुनःस्थापना केन्द्रको उद्घाटनका अवसरमा कृष्ठरोग प्रभावित सर्वसाधारणले संघीय सांसद बलराम अधिकारीमार्फत् प्रतिनिधिसभाका सभामुखसमक्ष मुलुकी देवानी संहिता २०७४ को पारिवारिक कानुनको बुँदा संशोधनका लागि माग गरेका हुन्। सो संहिताको परिच्छेद १ को विवहा सम्वन्धी व्यवस्थ महल ७१ को २ ग मा कुष्ठरोग भएका व्यक्तिहरुसंग विवहा गर्न गराउन नहुने प्रावधानलाई कानुनीरूपमा हटाउन माग गरेका हुन्।
ज्ञापन पत्र बुझ्दै सांसद अधिकारीले अब सदन खुले लगत्तै यस विषयलाई आफुले प्राथमिकताका साथ उठान गरी कुष्ठरोग प्रभावितहरूको यो मागलाई सम्बोधन गर्ने बताए। कपिलवस्तुमा कुष्ठरोगका १६८ नयाँ विरामी फेला परेको र जिल्लाभर २ हजार ७ सय २५ जना हात्तीपाईले रोगका प्रभावित रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !