प्रधानमन्त्री प्रचण्ड आज सिन्धुली आउँदै

प्रधानमन्त्री प्रचण्ड आज सिन्धुली आउँदै
फाइल तस्बिर।

सिन्धुली : दुधौली नगरपालिकामा निर्माण सम्पन्न भएको नगर अस्पताल समुद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सिन्धुली आउने भएका छन्। सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा १५ बेडको आधारभुत अस्पतालहरु निर्माण गर्ने नितिगत निर्णय गरे अनुसार दुधौली नगरपालिकाले निर्माण गरेको २५ बेडको नगर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सिन्धुली आउन लागेका हुन्।

दुधौली नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिनेश अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले शनिवार बिहान ११ बजे अस्पताल भवनको उद्घाट गर्ने कार्यक्रम रहेको छ। 

दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएसँगै अस्पतालका नियमित तथा थप सेवाहरु संचालन हुने छन्। करिब १८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको अस्पतालमा विशेष गरेर शर्पदंशका बिमारीको उचारका लागी आवश्यक प्रबन्ध मिलाइने नगर प्रमुख अधिकारीको भनाई छ। दुधौली नगरपालिका विषालु सर्पको निक्कै जोखिम भएको पालिका हो। यहाँ हरेक वर्ष जसो सर्पको डाईबाट नागरीकको ज्यान ज्यादै आएको छ। 

गएको एक वर्ष यता मात्र दुधौलीमा विषालु सर्पको डासाईबाट ४ जनाको ज्यान गएको थियो।‘अस्पतालमा आइसियु तथा भेन्टीलेटर सहितको सुविधा जडान गर्ने र सर्पदंश लगायतका विशेषज्ञहरुबाट सेवा आरम्भ गरिने छ। यस क्षेत्र हुँदै पुर्व–पश्चिम राजमार्ग मदन भण्डारी राजमार्ग समेत संचालन भएकाले यस अस्पताललाई मिनि ट्रमा सेन्टरकै रुपमा विकास गर्ने लक्ष्य राखिएको छ,’अधिकारीले भने।

झण्डै २५ कठ्ठा क्षेत्रफलमा निर्माण सम्पन्न भवन निर्माण भएपनि स्थानीय बासिन्दामा भने खुसीयाली छाएको छ। यसअघि स्वास्थ्य उपचारका लागी बर्दिबास, कटारी, लहान, जनाकपुर तथा काठमाण्डौं जान बाध्य नागरीकहरुले स्थानीय स्तरमै सुविधा पाउने छन।

प्रधानमन्त्री दाहालसँग नगरले कमला, तावा, ककुर खोला नियन्त्रण तथा करिडोर निर्माण, विभिन्न सेवाकेन्द्र तथा खानेपानी, कृषि, उद्योग स्थापना लगायतका सम्भावित योजनाहरुको लागि मागपत्र पेश गर्ने कार्यक्रम समेत रहेको नगरप्रमुख अधिकारीको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.