विरोधीहरूले लोकतन्त्रमाथि हिलो छ्याप्ने काम गरे : प्रधानमन्त्री दाहाल

विरोधीहरूले लोकतन्त्रमाथि हिलो छ्याप्ने काम गरे : प्रधानमन्त्री दाहाल

सिन्धुली : प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रविरोधीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति हिलो छ्याप्ने काम गरेको बताएका छन्। शनिबार सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा रहको मा २५ बेडको दुधौली नगर अस्पतालको उद्घाटन गर्नेक्रममा यस्तो बताएका हुन। 

उनले भने, 'गणतन्त्र नरूचाउने, लोकतन्त्र नरूचाउनेहरूले विभिन्न अफवाह फैलाइरहेका छन्। तर, तिनीहरूबाट डराइहाल्नुपर्ने अवस्था छैन।' उनले देशमा बन्दरहेका उद्योग र नयाँ उद्योगहरू सञ्चालन गर्न सरकार लागि रहेको भन्दै देशमै रोजगार सिर्जना गर्न र आर्थिक समृद्धि ल्याउन केही समयमै प्रक्रिया थालनी हुने बताए।

'मैले भारत र चिन सरकारसँग समेत कृषिमा आधारित उद्योगहरू सञ्चालन गर्न र कृषिको यान्त्रिकीरणका लागि समझदारी गर्ने सहमति गरेको छु,' उनले थपे। प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा देशको आर्थतन्त्र भयावह अवस्थामा रहेको उल्लेख गर्दै अहिले बिस्तारै लयमा आएको भए पनि केही दबाब रहेको स्पष्ट पारे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले दुधौलीको नगर अस्पतालमा उपकरण, दक्ष जनशक्ती, कमला नदी नियन्त्रण लगायतका विषयमा काठमाडौं फर्केलगत्तै संघीय सरकारले ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्री दाहालले अस्पताल उद्घाटनसँगै अस्पतालको निरीक्षणसमेत गरेका थिए।

सरकारले प्रत्यक स्थानीय तहमा कम्तीमा १५ बेडको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएअनुसार नगरले २५ बेडको अस्पताल निर्माण गरेको हो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुधौली नगर अस्पताल निर्माणमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे। 

प्रतिनिधि सभासदस्य श्याम घिमिरे, राजन दाहाल, पूर्वमन्त्री गणेश पहाडीलगायतले दुधौली क्षेत्रको समस्याका बारेमा प्रधानमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

दुधौली नगरपालिका-५ सिर्थौलीमा निर्माण सम्पन्न भएको भवन प्रधानमन्त्रीबाट उदघाटन भएसँगै अस्पतालका नियमित तथा थप सेवाहरू सञ्चालन हुनेछन्। करिब १८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको अस्पतालमा विशेष गरेर सर्पदंशका विमारीको उचारका लागि आवश्यक प्रबन्ध मिलाइने नगर प्रमुख अधिकारीको भनाइ छ। दुधौली नगरपालिका विषालु सर्पको निक्कै जोखिम भएको पालिका हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.