पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विवाह गैरकानूनी ठहर

वैवाहिक सम्बन्ध खारेज, ७ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विवाह गैरकानूनी ठहर
तस्बिर : बीबीसी।
सुन्नुहोस्

स्लामावाद :  पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको सात वर्ष लामो वैवाहिक सम्बन्धलाई खारेज गरेको छ ।

अदालतको हालैको फैसलाले इमरान खान र बुशरा बीबीको सन् २०१८ मा भएको विवाह गैर इस्लामिक र गैरकानूनी भएको बताएको छ । यस मुद्दामा दुवैलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

बुशरा बीबीका पूर्व पतिले इमरान खानविरुद्ध मुद्दा दायर गरेका थिए । उनले इमरानसँगको विवाह जालझेलबाट भएको बताएका थिए।

इस्लामिक कानून अनुसार महिलालाई पतिको मृत्यु वा सम्बन्धविच्छेद भएको केही महिना विवाह गर्न निषेध गरिएको छ। अदालतले बुशरा बीबी र इमरान खानको विवाह यो अवधि समाप्त हुनुअघि नै भएको ठहर गरेको छ ।

इमरान खान यसअघि नै भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका छन् । पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ। क्रिकेटरबाट राजनीतिज्ञ बनेका पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का नेता इमरान खान जेलमा छन् ।

खानले आफूमाथि लगाइएको आरोपलाई 'राजनीतिक प्रतिशोध' र 'षड्यन्त्र' भनेका छन्। २०१८ मा, उनका आलोचकहरूले उनलाई 'सेनाको मुखौटा' भनेका थिए र अहिले जब उनी जेलमा छन्, उनका समर्थकहरूले पूर्व प्रधानमन्त्री जेलमा हुनुको मुख्य कारण सेना भएको आरोप लगाए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.