अटो दुर्घटना हुँदा दुई जना घाइते

अटो दुर्घटना हुँदा दुई जना घाइते
सुन्नुहोस्

डडेलधुरा : डडेलधुरामा अटो रिक्सा दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना भएको हो।

दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अटो जिल्ला सदरमुकामबाट पोखरा गइरहेको थियो।

घाइते हुनेमा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी रहेको डडेलधुराका प्रहरी प्रवक्ता कुसुम नायकले जानकारी दिए। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। 

अटोमा चालकसहित ६ जना सवार थिए। अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक नायकले बताए। उनका अनुसार पानी परिरहेका बेला तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.