जलजलाका सबै वडाको आफ्नै भवन

जलजलाका सबै वडाको आफ्नै भवन
सुन्नुहोस्

बेनी : जलजला गाउँपालिकाले सबै वडा कार्यालयको भवन निर्माण गरेको छ। जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो। ९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो। तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा हाल नम्बर ३ को कार्यालय सञ्चालन भएको छ। 

करिब पाँच करोड रुपैयाँको लगानीमा वडा कार्यालय भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताए। ‘चार वटा नयाँ भवनबाट सेवा सुरु भइसकेको छ,’ उनले भने ‘चार वटा भवन प्रयोगका लागि तयारी अवस्थामा छन्।’ 

वडा नम्बर ६ शालिजा, वडा नम्बर ७ धाइरिङ, वडा नम्बर ८ नाग्लीवाङ र वडा नम्बर९ बनौको वडा कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेका छन्। १ नम्बर वडा बाँसखर्क, २ नम्बर वडा मल्लाज, ४ नम्बर वडा फट्केढुङ्गा र ५ नम्बर वडा लेकफाँटको भवनमा वडा कार्यालय सञ्चालनको तयारी भएको छ।

वडा नम्बर १, ४, ५, ६, ७ र ९ को भवन निर्माणका लागि २०७९ पुष १२ गते तीन करोड २६ लाख सात हजार ५५१ रुपैयाँमा जयलक्ष्मी–अभिनव जेभी बाग्लुङले ठेक्का लिएको थियो। निर्माण कम्पनीले सबै भवन हस्तान्तरण गरिसकेको गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले बताए। 

भवनमा वडा अध्यक्ष, सचिव, जनप्रतिनिधिहरूको कार्यकक्ष र बैठक कक्ष छन्। आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहज र व्यवस्थित भएको गाउँ कार्यपालिकाका प्रवत्ता समेत रहेका वडा नम्बर ८ नाग्लीवाङका अध्यक्ष हरिविकास जिसीले बताए। ‘यसअघि सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको थियो,’ उनले भने ‘कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको छ।’ 

यसैगरी गाउँपालिकाको केन्द्र लामाखेतमा आवास र स्टोर (भण्डारण) भवन निर्माण तीव्रताका साथ अघि बढेको छ। एक रोपनी जग्गामा २ तले सभाहलसहित २३ वटा कोठा भएको स्टील स्टक्चर प्रविधिको भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.