मूर्ति बनाउने चटारो

मूर्ति बनाउने चटारो
सुन्नुहोस्

रौतहट : सरस्वती पूजा नजिकिँदै गर्दा रौतहटका मूर्ति बनाउने कालीगढहरू हिजोआज निकै व्यस्त देखिन्छन्। उनीहरू अहिले विभिन्न  आकारका सरस्वतीका मूर्ति बनाउने तथा रंगरोगन गर्नमा व्यस्त छन्। अधिकांस विद्यालयले  मूर्ति  बनाउन कालीगढहरूलाई जिम्मा दिएका छन्। 

गौर नगरपालिका-४ का कालीगढ ओम प्रकाश पण्डितलाई केही दिनअघि देखि भ्याईनभ्याई छ। सदरमुकाम गौरमा रहेका दुई दर्जन बढी निजी तथा सामुदायिक विद्यालयमा सरस्वती पूजाका लागि राखिने सरस्वतीको मूर्ति बनाउने जिम्मा उनले पाएका छन्। 

गौरमा रहेका निजी तथा सामुदायिक विद्यालयहरूसँग सरस्वती पूजाका लागि २ हजारदेखि २० हजारसम्मका मूर्ति बनाउने जिम्मा लिए‌को उनी बताउँछन्। सरस्वती पूजा नजिकिएसँगै आफूहरूको कामको सिजन नजिकिएकाले  पण्डितले बताए। 

उनीसँगै रिकेश पण्डित र लखेन्द्र पण्डित पनि सरस्वतीको मूर्तिको रंगरोगनमा व्यस्त छन्। दुर्गा पूजा, सरस्वती पूजा, विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी आउनु एक महिनाअघिबाट उनीहरूलाई मूर्ति बनाउने चटारो सुरु हुन्छ। मूर्ति बनाएर परिवाल पाल्न सहज भएको राम एकवाल पण्डितले बताए। 

जिल्लाका निजी तथा सरकारी गरी करिब ५ सय  विद्यालयले सरस्वतीको मूर्तिको माग गरेको छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.