भूमिहीन र सुकुम्वासीलाई निस्सा वितरण
रसुवा : राष्ट्रिय भूमि आयोगले कालिका गाउँपालिकाका ९ परिवार दलित भूमिहीन र सुकुम्वासीलाई लगत कार्ड निस्सा प्रमाण वितरण सुरु गरेको छ। गाउँपालिका र वडाले भूमिहीन , दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी पहिचान गरेर लगत कार्ड वितरण सुरु गरेको आयोग रसुवाका सदस्य भुवन मगरले बताए।
कालिका गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन गरी भूमि आयोगको सूचना प्रणाली प्रविष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई निस्सा प्रमाण वितरण गरेको हो।
निस्सा पाएकाहरूले चाँढै जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्ने आयोगका सदस्य विनोद लामिछानेले बताए।