बाजुराबाट नेपालगञ्ज जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १३ जना घाइते
![बाजुराबाट नेपालगञ्ज जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १३ जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/bus-accident_2ARmEnP4Eg_L1KqdpadDH.jpg)
डडेल्धुरा : डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको भेरि यातायात प्रालिको ना ६ख ५४५० नम्बरको बस स्याउले नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बसको प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लैजाने क्रममा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)