पोखरामा फोनबाट धम्याएर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जना पक्राउ

पोखरामा फोनबाट धम्याएर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जना पक्राउ
सुन्नुहोस्

पोखरा : ज्यान मार्ने धम्की दिई ५ करोड माग गर्ने दुई जना प्रहरी नियन्त्रणमा पुगेका छन्। पोखरा महानगरपालिका- १६ लामाचौरका प्रकाश दिप गैरेलाई फोन तथा म्यासेजमार्फत हिन्दी भाषामा कुराकानी र एसएमएस गरी ५ करोड माग गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। 

रकम नदिएमा परिवार तथा गैरेलाई पनि ज्यान मार्ने धम्की दिएको भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान तथा खोजतलास गर्दा पर्वत कुश्मा घर भई पोखरा महानगरपालिका- ८ सिमालचौरमा डेरागरी बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वत जिल्ला कुश्मा घर भई सिमलचौर नै बस्दै आएका ४२ वर्षीय दिपकबहादुर क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो। गैरे पोखरा- १६ दीपमा रहेको सच्याई सेवा केन्द्र चलाउँदै आएका छन्। 

उनीहरुले माघ १८ गतेदेखि गैरेलाई धम्की दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गैरेलाई धम्क्याउन प्रयोग प्रयोग गरेको सिमसहितको मोबाइल लगायत दशीका सामानसहित माघ २४ गते पक्राउ गरेको र थप अनुसन्धान प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए। 

युट्युबबाट गैरेबारे जानकारी लिएपछि ठूलो रकम दिन सक्ने व्यक्ति भएको अनुमान गरी दर्जी माघ १३ गते सच्चाई केन्द्र गएका थिए। उनीसँग भेटेर फोन नम्बर लिएर आएको एसपी थापाले बताए। खानतलासी गर्दा लागू औषध गाँजा, धम्क्याउन प्रयोग गरिएको सिमकार्ड, मोबाइल सेट, किताब, हातहतियार तथा विभिन्न व्यक्तिको नाम लेखेको शंकास्पद कागजाज फेला परेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.