भूकम्प प्रभावित क्षेत्रमा राजदूत थम्पसन

भूकम्प प्रभावित क्षेत्रमा राजदूत थम्पसन

जाजरकोट : अमेरिकी राजदूत डिन आर. थम्पसनले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका छन्। भूकम्प प्रभावितहरूको अवस्थाबारे स्थलगत अवलोकनका लागि अमेरिकी राजदूत थम्पसन जाजरकोट र रुकुमपश्चिम आएका हुन्। 

यूएसएडको सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित कार्यक्रमबारे अवलोकन गर्न र पीडितहरूको वर्तमान अवस्थाबारे जानकारी लिन आएका राजदूत थम्पसन बुधबार र बिहीबार दुई जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त रहे। 

राजदूत थम्पसनले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पपीडितहरूको अवस्था, अस्थायी आवास, पुनर्निर्माण लगायतका विषयमा चासो राखेका थिए। आफूले हालसम्म भएका कार्यबारेमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए। 

राजदूतले बिहीबार भेरी नगरपालिका–१ रावतगाउँमा भूकम्प प्रभावितहरूको अवस्थाबारे स्थलगत अवलोकन गरेका थिए। मृतकका परिवार र अन्य पीडित परिवारको अवस्थाबारे जानकारी लिएका थिए। वडाध्यक्षसँग पनि पुनर्निर्माणका सम्बन्धमा भइरहेका गतिविधिबारे चासो लिएका थिए। 

त्यस्तै, भेरी नगरपालिकाका जनप्रतिनिधिसँग भूकम्प प्रभावितहरूको पुनर्निर्माण र हालसम्म भएका कामका बारेमा चासो राखेका थिए। भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भेरी नगरपालिकाभित्र भूकम्प प्रभावितहरूको अस्थायी आवासको काम, पीडितहरूको अवस्था र पुनर्निर्माणका सम्बन्धमा राजदूतलाई जानकारी गराएका थिए। 

बुधबार नलगाड नगरपालिका–१ चिउरीगाउँ पुगेर उनले पीडितहरूको अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि नलगाड नगरपालिकाका नगरप्रमुख लगायतका जनप्रतिधिसँग भूकम्पपीडितहरूका लागि भइरहेको कामका बारेमा चासो लिएका थिए। 

आगामी दिनमा उनीहरूका लागि गर्न सकिने सहयोगका बारेमा समेत जानकारी लिएको नगरप्रमुख डम्बर रावतले बताए। राजदूत थम्पसनले भूकम्पपीडितहरूको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीसँग जानकारी लिएका थिए। थम्पसनले सुत्केरी, गर्भवती, बालबालिका र अपांगको स्वास्थ्य अवस्थाबारे चासो राखेको डा. भारतीले बताइन्।

राजदूत थम्पसनले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ का भूकम्पपीडितको अवस्थाबारे पनि जानकारी लिएका थिए। यूएस एडअन्तर्गतको सेभ द चिल्ड्रेनको सहयोगमा जाजरकोट र रुकुम पश्चिममा पाँचतारा युवा संरक्षक मञ्च र पहाडी क्षेत्रविकास अभियानमार्फत भूकम्प प्रभावितहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। उक्त कार्यक्रमहरूको स्थलगत अवलोकन गरेर राजदूत थम्पसन विहिवार नै फर्किएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.