'आजीवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्छ'

'आजीवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्छ'
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्ना माग र अधिकार पूरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका छन्। 

नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले शनिबार सिन्धुपाल्चोकमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले शिक्षण पेशा मर्यादित भएको भन्दै आफ्ना माग र अधिकार पूरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका हुन्। 

अहिलेको व्यवस्थामा आफूहरूको माग पूरा गराउन यसअघि विद्यालय नै बन्द गरेको भन्दै त्यसले पठनपाठनमा असर परेको उनले बताए। मन्त्री बस्नेतले आजीवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे। 

शिक्षकहरूको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ। मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा धेरै काम भए पनि चिकित्सा क्षेत्रको पढाइ भने सहज नभएको बताए। यसलाई सहज गर्न चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको उनले बताए। 

उनले नेपाललाई मेडिकल शिक्षाको हब बनाएरै छाड्ने बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.