राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छेडागाडलाई

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छेडागाडलाई
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको कार्कीगाँउमा भएको जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः छेडागाड नगरपालिकाले जितेको छ। गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाले यसपटकको शिल्ड पनि उचालेको हो।

छेडागाड नगरपालिका कार्कीगाँउ स्थित नारायणी माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, १० रजत र ११ कास्य गरी जम्मा ३१ पदकसहित छेडागाड नगरपालिका प्रथम भएको हो।

प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्यसहित शिवालय गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ भने ८ स्वर्ण २ रजत र ६ कास्य सहित भेरी नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ। नलगाड नगरपालिकाले १ स्वर्ण, ५ रजत र ६ कास्य जितेको छ भने बारेकोट गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य जितेको छ। त्यसैगरी कुशे गाउँपालिकाले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ

जिल्लाका ७ वटा पालिकामध्ये ६ वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए। बजेट अभाव रहेको भन्दै जुनिचादे गाउँपालिकाले भने प्रतियोगितामा सहभागी जनाएन। प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरूमा अन्तरपालिकाबीच प्रतिस्पर्धा गराइएको थियो।

जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढी विद्यार्थी खेलाडी सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.