गेटा अस्पतालमा ७४ प्रतिशत दरबन्दी खाली

गेटा अस्पतालमा ७४ प्रतिशत दरबन्दी खाली
तस्बिर : शिवराज भट्ट
सुन्नुहोस्

धनगढी : राष्ट्रियसभाले सोमबार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० पारित गरेको छ। तर, गेटामा कात्तिक १ गतेदेखि सुरु भएको एक सय शय्याको अस्पतालको अवस्था भने नाजुक बन्दै गएको छ। 

अस्पतालका दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारीको आपूर्ति गरिएको छैन भने सञ्चालन हुँदाका बेलाका सुरु गरिएका सेवाबाहेक अरू कुनै पनि सेवा थप गरिएको छैन। स्वास्थ्यचौकीको जत्तिको पनि सेवा सुविधा नपाएपछि बिरामीहरूको चाप बढ्न सकेको छैन। 

नेपाल सरकार स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० सालको भदौ  १२ गते र असोज १६ गते गरी दुई चरणमा गेटा अस्पतालका लागि २१ जना चिकित्सकसहित १ सय ४१ जना स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।

तर, १४१ जनाको दरबन्दीमा १०५ जनाको दरबन्दी खाली छ। मंगलबार अस्पताल प्रशासनले दिएको विवरणअनुसार ६ जना विशेषज्ञ चिकित्सकहरू नै दरबन्दीमा आएका छैनन्। वरिष्ठ कन्सल्टेन्ट सर्जन, वरिष्ठ कन्सल्टेन्ट पेड्रियाटिसियन, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट गाइनोकोलोजिस्ट, वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट र वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक्सको दरबन्दीको सुरु भएदेखि नै खाली छ।

मेडिकल अधिकृतको दरबन्दीमा आएका तर एमडी गरिसकेका केही चिकित्सहरूले दिएको शेवालाई अस्पतालले विशेषज्ञ सेवा भनेर प्रचार गरिरहेको छ। १२ जनाको मेडिकल अधिकृतको दरबन्दीमा ५ जनाको दरबन्दी खाली छ। अस्पताल व्यवस्थापकको पद पनि खाली भएकाले व्यवस्थापनको पाटो अन्योलमा परेको छ। ४० जना स्टापनर्सको दरबन्दीमा ३ जना मात्रै कार्यरत छन् भने ३७ जनाको दरबन्दी अस्पताल सञ्चालन भएदेखि नै खाली छ।  अस्पतालमा हुनुपर्ने रेडियोग्राफी टेक्नोलोजिस्ट, फिजियोथेरापी अधिकृत, सर्भिलेन्स अधिकृतका दरबन्दी पनि खाली छन्। ९ जना हेल्थ असिस्टेन्टको दरबन्दीमा एक जना मात्रै कार्यरत छन्। १४ जनाको कार्यालय सहयोगीको दरबन्दीमा ३ जना र १० जना स्वीपरको दरबन्दीका २ जनामात्रै कार्यरत छन्। 

गेटा अस्पताल २०८० सालको कात्तिक १ गतेदेखि सुरु भएको हो। अस्पताल सुरु हुने बेला अस्पतालका निर्देशक डा. प्रमोद जोशीले सावर्जजनिक गरेका कार्ययोजना एउटा पनि पूरा भएको छैन। मंसिरभित्र सुरु गर्ने भनिएको खोप सेवा पूूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। मंसिरभित्र सुरु गर्ने भनिएको बिमाबाट प्राप्त सेवा सुचारु हुन सकेको छैन।

निर्देशक डा. जोशीले सार्वजनिक गरेको कार्ययोजनाअनुसार मंसिरभित्र सुरु हुनुपर्ने अन्तरंग सेवा सुचारु भएको छैन। पुसमा गर्ने भनिएको इमर्जेन्सी र प्रसूति सेवा सुचारु भएको छैन। अस्पतालले चैतभित्र शल्यक्रिया सेवा र वैशाखभित्र आईसीयू तथा एनआईसीयू सञ्चालन गर्ने भनेको थियो। तर, अहिलेसम्म मंसिरमै सम्पन्न गर्नुपर्ने सेवा सुचारु नभएकाले सल्यक्रिया सेवा र आईसीयू तथा एनआईसीयू सञ्चालन हुनेमा विश्वस्त हुने आधार छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.