बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते
![बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_ET1a9A5lGd_XZeu739yCY.jpg)
बझाङ : जिल्लाको तल्कोट गाउँपालिकाको साइलाबगडमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु् भएको छ दुई जना घाइते भएका छन्। जिल्लाको तलकोट गाउँपालिका-१ की १९ वर्षीया सुस्मिता कठायतको मृत्यु भएको हो। उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको र चिकित्सक मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर तल्कोट-३ का चालक २३ वर्षीय राजेश कडाल र मष्टा ५ का सहचालक १७ वर्षीय कमल कठायतको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहीबार साँझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)