अबका निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्नुहुँदैन : शेखर कोइराला

अबका निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्नुहुँदैन : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्न सुझाव दिएका छन्। बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेता कोइरालाले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गरिएन भने कुनै पनि दलले बहुमत ल्याउने संभावना नरहेकाले चुनावी गठबन्धन गर्न नहुने सुझाव दिएका हुन्।

नेता कोइरालाले संविधान संशोधन गरेर निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे। यसका लागि कांग्रेसले पहल कदमी लिनुपर्ने उनको भनाइ छ।  'हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन । अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिदैन । तसर्थ संविधान संशोधनमार्फत् निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागि नेपाली कांग्रेसले पहल गर्नुपर्छ।'

नेता कोइरालाले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनुशासनहिनता बढेको भन्दै भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू गठबन्धनको छाया परेको हो कि जस्तो देखियो टिप्पणी गरे। महासमिति बैठकमा  प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो तर, त्यसो नदेखिएको उनको भनाइ छ।

कार्य समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव र महामन्त्रीद्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माले सांगठिक र राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

विधान लोकतान्त्रिक पार्टीको मेरुदण्ड भएको बताउँदै नेता कोइरालाले कांग्रेस पार्टीको विधानमा धेरै त्रुटीहरू रहेका कारण सांगठनिक गतिविधिमा बाधा आइरहेको औंल्याए ।  यो महासमितिको बैठकले 'विधान संशोधन मस्यौदा समिति' बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने सुझाव दिए।

पछिल्लो समय निर्वाचित जनप्रतिनिधिबीच समस्या चुलिदै गइरहेको भन्दै त्यसलाई समन्वय गर्न पार्टी तहमै स्थायी सयंन्त्र निर्माण गरिनुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.