मूर्ति सेलाउने विषयमा झडप भएपछि कर्फ्यू आदेश

मूर्ति सेलाउने विषयमा झडप भएपछि कर्फ्यू आदेश
सुन्नुहोस्

रौतहट : सरस्वतीको मूर्ति सेलाउने क्रममा झडप भएपछि कर्फ्यू आदेश जारी भएको छ। सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

इशनाथ नगरपालिका-७ घिउरा टोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएको थियो। झडपमा केही व्यक्ति घाइते भएका छन्। अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन्। पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजाने क्रममा अर्को पक्षले बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेपछि तनाव बढेको थियो। मूर्ति सेलाउन जानेहरूले त्यसपछि बाटोमै मूर्ति राखेर बसेका थिए।

मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर शनिबार पनि पुनः विवाद र झडपको स्थिति उत्पन्न भएपछि कर्फ्यू आदेश जारी भएको हो। शनिबार बेलुका ५ बजे देखि अर्को आदेश नभएसम्मको लागी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो।

उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारबाही हुने स्थानिय प्रशासनले जनाएको छ। स्थानीय प्रशासनको रोहबरमा शनिवार दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो। तर, केही उशृंखल व्यक्तिहरुले ढुंगामुंढा गरेपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले  बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.