अन्नपूर्णकर्मी फणि महत सम्मानित

अन्नपूर्णकर्मी फणि महत सम्मानित
सुन्नुहोस्

बारा : अन्नपूर्ण पोस्ट्‍ रौतहटका समाचारदाता फणि महत २५ हजार नगद सहित उमादेवी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट  सम्मानित भएका छन्।

बाराबाट प्रकाशित हुँदै आएको कृपा दैनिकले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा शनिबार तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा बाराकी शारदा पोखरेल, रौतहटका फणी महत र सर्लाहीका ओमप्रकाश ठाकुर रहेका छन् । पोखरेललाई १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति क्रियाशील पत्रकारिता पुरस्कार गरिएको हो भने महत र ठाकुरलाई २५/२५ हजार राशीको उमादेवी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट  पुरस्कृत गरिएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बारा क्षेत्र नं १ का संघीय सांसद अच्युत मैनाली, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्याय, सम्पादक गोकुल घोरसाइनेले तीनैजना पत्रकारहरुलाई पुरस्कृत गरेका थिए । सर्लाहीका पत्रकार ठाकुरले आफूले पाएको २५ हजार नगद पुरस्कार स्वास्थ्य समस्याका कारण उपचार गराइरहेका अन्नपूर्णकर्मी महतलाई सहयोग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.