हत्या गरिएको युवकको पहिचान, २ जना पक्राउ
कपिलवस्तु : टाउको काटेर हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ। महाराजगंज नगरपालिका-६ भलवारीका २७ वर्षीय शिवकुमार कुर्मी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टाउको नरहेको शव सोमबार फेला परेको र आज पहिचान खुलेको प्रहरीले जनाएको छ।
पोष्टमार्टम पछि शव बुझ्नका लागि परिवार बुटवल गएका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। शिव शनिबार बिहेका लागि हिँडेका उनका बुबा रामपति कुर्मीले बताए। तौलिहवामा एउटा शव फेला परेको खबर पाए पछि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा छोराको कपडा र अन्य हुलियाबाट आफ्नै छोरा हो भन्ने पहिचान खुल्यो, 'मृतकका पिता कुर्मीले भने, घटनामा संलग्न रहेका सबैलाई पक्राउ गरी कडा कारवाही हुनु पर्यो।'
शिवकुमारको शव जलाएर गाडिएको अवस्थामा आइतबार राति कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँदेखि दक्षिण तर्फको नहरको कुलोमा शव फेला परेको हो।