बालबालिकालाई दादुरा रुबेला खोप लगाइँदै

बालबालिकालाई दादुरा रुबेला खोप लगाइँदै
सुन्नुहोस्

बागलुङ : बागलुङमा दुई चरणमा गरेर २० हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ। जन्मेको ९ महिनादेखि पाँच वर्षमुनिका करिब २० हजार ४ सय २४ जना बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिए। 

प्रमुख आचार्यले बागलुङका १० वटा स्थानीय तहमा दुई चरणमा खोप लगाइने बताए। बागलुङमा फागुन १३ गतेदेखि १६ गतेसम्म पहिलो चरण र फागुन २१ गतेदेखि चैत ४ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ। 

पहिलो चरणमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणअन्र्तगत फागुन २१ गतेदेखि चैत ४ गतेसम्म ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय बागलुङका खोप निरीक्षक राजु केसीले बताए। खोप सपुरभाइजर केसीले २ सय ४४ खोप केन्द्रमा २ सय ४४ जना स्वास्थ्यकर्मी, ४ सय ८८ स्वयंसेवक र ९५ जना व्यवस्थापन तथा अनुगमनकर्ता परिचालन गरिने बताए।

जन्मेको ९ महिनादेखि १५ महिनाभित्र लगाउने दुई डोजको खोप लगाएको भए पनि नलगाएको भए पनि अभियानमा जोडिन सकिने जनाइएको छ। दादुरा रुबेला रोग एक जनाबाट एक पटकमा १८ जनासम्ममा सर्ने भएकोले खोप लगाउन लागिएको खोप निरीक्षक केसीले बताए। पछिल्लो समय तराईका जिल्लासहित बागलुङमा समेत संक्रमण देखिएपछि यो निवारण गर्न खोप अभियान चलाइएको खोप निरीक्षक केसीको भनाइ छ। बागलुङमा पछिल्लो समय एक जनामा दादुरा रुबेला रोग देखा परेको उनले बताए। 

खोप अभियानको लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नु रहेको प्रमुख आचार्यको भनाइ छ। नेपालमा अहिलेसम्म ८८ प्रतिशत बालबालिकाले मात्रै दादुरा खोप लगाएको तथ्यांक छ। त्यसबाहेक कतिपय स्थानमा खोपै नलगाएका बालबालिका भेटिने, कतिपयले पहिलो चरणको लगाएर पछिल्लो छुटेका भेटिएकाले संक्रमण बेला बेलामा देखिने गरेको निष्कर्षपछि यो अभियान चलाउन लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.