एमाले कैलाली अधिवेशनको छैटौ दिन : जिल्ला नेतृत्व छान्न मतदान जारी

एमाले कैलाली अधिवेशनको छैटौ दिन : जिल्ला नेतृत्व छान्न मतदान जारी
सुन्नुहोस्

सुखड : नेकपा एमाले कैलालीको सुखडमा भइरहेको जिल्ला अधिवेशनमा केही बेरअघिदेखि मतदान सुरु भएको छ । छैटौं दिनमा मतदान सुरु भएको हो । 

निर्वाचन समितिले तीन पटक निर्वाचन तालिका संसोधन गरेको थियो । शु्क्रबार बिहान साढे ८ बजेबाट मतदान सुरु भएको हो । सुखडको घोडाघोडी क्याम्पस परिषर बाहिर प्रतिनिधिहरु लाइन लागेका छन्। 

एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन्। निर्वाचन कार्यालयले प्रकाशित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबीच प्रतिस्पर्धा हुने भएको हो ।  

कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन् ।

चिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन्। चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन्।

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.