‘नेपालको बैंकिङ प्रणाली बलियो छ’

‘नेपालको बैंकिङ प्रणाली बलियो छ’
सुन्नुहोस्

काठमाडौं : अहिले बैंकमा देखिएको चुनौती बैंकहरूले जग्गामा लगानी बढी हुनुले पनि भएको सरोकारवालाहरू बताउँछन्। पूर्वबैंकर भुवन दाहाल पछिल्लो समयदेखिएको चुनौतीको एउटा कारण जग्गामा लगानी बढेको औंल्याउँछन्। 

बैंक विज्ञ दाहालका अनुसार बैंकरहरूले अहिले ‘फेयर मार्केट भ्यालु’ मा १०–१५ प्रतिशतसम्म छुट गरेर बिक्री गर्न खोज्दा पनि क्रेता नआएको अवस्था पनि छ। महिला आर्थिक पत्रकार संघ (फेजा)को आयोजना र नबिल बैंकको सहआयोजनामा भएको नीतिगत बहस कार्यक्रममा दाहाल भन्छन्, ‘त्यो कारणले ‘रियल स्टेट’को ‘भ्यालु करेक्सन’ गर्दा प्रत्येक बैंकको केही अर्ब रुपैयाँ ‘लस’ हुन्छ। 

त्यसलाई स्वीकार ग¥यो भने र गर्न सक्ने क्षमता पनि छ। राष्ट्र बैंकले दबाब थेगेरै भए पनि सेयर र रियल स्टेटलाई धेरै खुला चाहिँ गर्नुहुन्न।’ यद्यपि दाहालले धेरै ऋणीले बैंकसमक्ष खुलाएकै ठाउँमा लगानी नगरेकोले बैंकको कर्जा दुरुपयोग भएको टिप्पणी गरे। ‘धेरैजसो कर्जा जग्गामा गएको छ र जग्गाको मूल्य हेर्ने हो भने, २० वर्षअगाडि जग्गाको मूल्यभन्दा घरको मूल्य तीन गुणा बढी थियो। अहिले त्यही ठाउँमा घर बनाउन लाग्ने लागतको तुलनामा जग्गाको मूल्य अत्यधिक वृद्धि भएको पाइन्छ,’ दाहाल भन्छन्, ‘एसएमईजका नाममा गएको कर्जा पनि जग्गामा गएको छ। ठूला उद्योगहरूले पनि दुई बिघा बन्ने उद्योगका लागि चार बिघा जग्गा किनिएको छ। जबसम्म जग्गाको मूल्य करेक्सन हुँदैन। तबसम्म आर्थिक सुस्तताको सम्बोधन हुँदैन।’ निष्क्रिय कर्जा अझै दुई, चार वर्षमा अरू बढेर पनि त्यस्तो आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। 

यता राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा नियमनकारी पुँजी व्यवस्थापन गरेको बैंकमा समस्या नआउने बताउँछन्। थापाका अनुसार जबसम्म बैंकहरूले राष्ट्र बैंकले तय गरेका वित्तीय मापदण्डहरू अक्षरशः पालना गरेका, कर्मचारी र ग्राहकलाई राम्रो व्यवहार गरेकामा समस्या आउँदैन। 

पछिल्लो दुई, तीन वर्ष अर्थात् कोभिडपछि राष्ट्र बैंकले पनि वित्तीय मापदण्डमा केही रिल्याक्सेसन गरेकाले बैंक कमजोरी भएको उनको भनाइ छ।  नेपालको वित्तीय प्रणाली अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट प्रणाली भएकाले नेपालको बैंकिङ प्रणाली कमजोर नभएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले दाबी गरे। 

उनले उदाहरण दिँदै भने, ‘हामीसँग वासल अकाउन्टको तेस्रो संस्करण, क्यापिटल एडुकेसी फ्रेमवर्क, काउन्टर साइक्लिकल बफरजस्ता अन्तर्राष्ट्रिय स्तरका सिस्टमहरू कति कार्यान्वयमा छन् भने कति तयारीमा छन्। स्वस्थ्य बैंकको संकेतका लागि एनपीएल पनि एउटा सूचक हो। समग्र बैंकिङ उद्योगको एनपीएल ३.७ प्रतिशत छ। यो आफैंमा ठूलो हैन। वृद्धिदर मात्रै बढी हो। अन्तर्राष्ट्रिय स्टान्डर्डअनुसार हेर्ने हो भने यो ज्यादै कम हुन आउँछ।’ तथापि यसका लागि ५० खर्बभन्दा बढी प्रोभिजन भइसकेको उनले जनाए। 

बैंक विश्वासमा चल्ने संस्था हो। बैंक तथा वित्तीय संस्थाको १ सय डिपोजिट गर्दा ८० रुपैयाँ कर्जा लगानी गरेका छन्। केही संगठित व्यक्तिहरूले बैंक डुब्दैछन् भनेर हल्ला गर्दैगर्दा केही रकमान्तर हुन गयो भने त्यो अवस्थामा बैंकमा समस्या आउन सक्ने उनले बताए। त्यसरी कुनै समूह सक्रिय भएमा राष्ट्र बैंक बोल्नुपर्छ र बोल्छ पनि। त्यस्तो अवस्था आइसकेको छैन। कसैले हल्ला गर्दैमा बैंकिङ सिस्टममा धराशायी भइहाल्ला भन्ने अवस्था छैन। नेपालको बैंकिङ सिस्टम सुरक्षित छ,’ पौडेलले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.