केयर र इक्रा नेपालले गैह्रकानुनीरुपमा रेटिङ बढाउने गरेको प्रदीप यादवको आरोप

केयर र इक्रा नेपालले गैह्रकानुनीरुपमा रेटिङ बढाउने गरेको प्रदीप यादवको आरोप
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यावदले केयर रेटिङ नेपाल र इक्रा नेपालले गैह्रकानुनीरुपमा कम्पनीको रेटिङ बढाउने गरेको दावी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले यी दुई एजेन्सीले गैह्रकानुनीरुपले कम्पनीको रेटिङ तोक्दै आएको सूचना आफूले पाएको दावी गर्दै सेयर बजारमा लगानीकर्ताको रकम डुब्ने जोखिम बढ्दै गएको बताए।

जसपाका नेता यादवले केयर रेटिङ नेपाल र इक्रा नेपालले कानुनअनुसार रेटिङ गरेको छ वा  छैन भनेर  धितोपत्र बोर्डको नियमन कमजोर भएको जिकिर गरे।

'मैले सूचना पाएअनुसार यी एजेन्सीहरूले गैरकानुनरुपले रेटिङ बढाउँछन्। धितोपत्र बोर्डले दूधको रखवाल बिरालो जस्तो भएर बसेर हेरिरहेको छ,'उनले प्रश्न गर्दै भने,'रेटिङ कुनै पनि कम्पनीको  वास्तविक अवस्था थाहा पाउन गरिन्छ। यसको नियमन धितोपत्र बोर्डले किन गर्दैन?'

 रेटिङ एजेन्सीहरूसँग मिलेर सेयर बजारका दलालहरूले नै बजार घडबढ गर्न चलखेल गर्दै आएको दावी गरे। उनले भने,' यी खेलाडीहरू रेटिङ कम्पनीसँग मिलेर सेयर मार्केटमा केही लगानी गर्छन् । तब सेयर मार्केट माथि बढ्छ अनि बजार नबुझेका लगानीकर्ताहरू लगानी  गर्छन् । अनि ती बिचौलियाहरू आफ्नो रकम झिक्छन् र सोझा लगानीकर्ताहरू डुब्छन्।'

रेटिङ एजेन्सीहरूले पूर्वाग्रही भएर रेटिङ तोकिदिँदा लगानीकर्ताले मेहेनत गरेर कमाएको रकम गुम्ने जोखिमको संभावना रहेको बताउँदै रेटिङ एजेन्सीको कानुनअनुसार काम गरिरहेको छ/ छैन भनेर नियमित अनुगमन हुनुपर्ने बताए।

कम्पनीको साख निर्धारण गर्न रेटिङ गरिन्छ। जुन आईपीओ,एफपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका कम्पनीको जोखिम के कस्तो छ भनेर  केयर रेटिङ नेपाल र इक्रा नेपालले मूल्यांकन गर्नेगर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.