स्वास्थ्यकर्मीको निधनमा नगरपालिकामा सार्वजनिक बिदा

स्वास्थ्यकर्मीको निधनमा नगरपालिकामा सार्वजनिक बिदा
सुन्नुहोस्

गोरखा : माताहतका एकजना स्वास्थ्यकर्मीको निधन भएको भन्दै गोरखा नगरपालिकाले सोमबार सार्वजनिक बिदा गरेको छ। वडा नम्बर १४ मा कार्यरत अहेब किशोरबाबु सेढाईंको निधन भएपछि नगरपालिकाले सोमबार नगरपालिका मातहतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको हो। 

नगरपालिकाको आइतबारको निर्णयअनुसार सोमबार नगरपालिका कार्यालय, वडा कार्यालयहरू, शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको प्रकाशित सार्वजनिक सूचनामा जनाइएको छ। ‘नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिको मृत्यु हुँदा शोक त मनाउनु पर्‍यो नि’, नगरप्रमुख कृष्ण रानाले भने, ‘त्यसैले सार्वजनिक बिदा गर्ने निर्णय गरिएको हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.