रौतहटका दूध किसानले ९ करोड भुक्तानी पाएनन्, किसान आन्दोलनमा

रौतहटका दूध किसानले ९ करोड भुक्तानी पाएनन्, किसान आन्दोलनमा
सुन्नुहोस्

रौतहट : रौतहटका दूध उत्पादक किसानले नौ करोड रुपैयाँ भुक्तानी नपाएपछि सडक आन्दोलन सुरु गरेका छन्। जिल्लाका विभिन्न निजी डेरीहरूले ३ करोड र अरू डीडीसीबाट भुक्तानी हुन बाँकी छ। 

भुक्तानी नपाएपछि सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको दुग्ध उत्पादक सहकारी संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताएका छन्।

किसानले उत्पादन गरेको दुध विभिन्न सहकारी संस्थामार्फत संकलन गरी  हेटौंडा दुग्ध वितरण आयोजना र निजी दुग्ध व्यवसायीहरूलाई बिक्री वितरण गर्दै आइरहेकोमा विगत ६ महिनादेखिको दूधको भुक्तानी रोक्ने, सरकारले तोकेको भन्दा कम मूल्य तोक्ने, नियमित रूपमा दूध खरिद नगर्ने किसानको गुनासो छ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी केन्द्रीय दूध सहकारी संघ नेपालले दुग्ध उत्पादक किसानहरूले दूध बिक्री गरेवापत पाउनुपर्ने रकम भुक्तानी लगायतका विषयमा सरकारसँग गत मंसिर २६ गते सम्झौता गरेको थियो। रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ।

दुग्ध उत्पादक सहकारी संघ रौतहटले सरकारको ध्यानाकर्षण गराउँदै सम्झौता कार्यान्वयन गर्न माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.