‘आइस स्तुप’ हेर्नेको भीड

‘आइस स्तुप’ हेर्नेको भीड

रसुवा : आमाछोदिङमो गाउँपालिका स्थित हेरवाङ खर्कमा आइस स्तुप हेर्न स्थानीयको ओइरो लाग्न थालेको छ। यसवर्ष हिउँ र पानी नपरेको कारण पाइपबाट ल्याएर पानीलाई जमाएर बनाएको आइस स्तुप हेर्न स्थानीयको भीड लागेको हो। गतलाङ गाउँबाट माथि रहेको गोठेन खर्क नजिकै हेरवाङ खर्कमा ‘आइस स्तुप’ बनाइएको छ। 

जिल्ला बाहिरबाट आइस स्तुप र वरपरका वन जंगल, गत्लाङगाउँ, पार्वती कुण्डलगायतका ठाउँमा घुम्न जाने बढेका छन्। बालबालिकाहरु पनि आइस स्तुपमा तस्बिर खिच्न जान थालेका छन्। 

nullयसवर्ष हिउँ नजिकबाट हेर्नसमेत नपाएका अवस्थामा त्यहाँ कृतिम आइस स्तुपमा फोटो खिच्न टाढाबाट आउने र गाउँबाट पनि बालबालिका, वृद्ध, युवा धेरै जान थालेपछि सुनठाउँमा मानिसको चहलपहलले रमाइलो भएको स्थानीय दुकर तामाङले बताए। 

एक संस्था रिसोर्स हिमालयले नेपालमा पहिलो पटक परीक्षण स्वरुप आइस पिरामिड बनाएको हो। ‘स्नो पिरामिड बनाउन सम्भव देखियो’, संस्थाका अनुसन्धानकर्ता कमल अधिकारी भन्छन्, ‘नेपालका अन्य ठाउँमा पनि यसको अभ्यास गर्न सकिन्छ।’ 

जलवायु परिवर्तनका कारण हिमाली भेगमा असर परेको छ। पानीको मुहान सुकेका छन्। यसरी पानी जम्मा गरेर बनाइको बरफ पछिका लागि प्रयोग गर्न सकिन्छ। यसबाट वन्यजन्तु र खर्कमा चर्ने जनावरले खान पाउँछन्। सिंचाईका लागि पनि प्रयोग गर्न सकिन्छ। ‘धेरै खर्च पनि लाग्दैन’, उनले भने। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.