सत्ता गठबन्धनको बैठक स्थगित
काठमाडौं : आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रीको कार्यशैली र
सुशाशन लगायतका विषयमा कुरा नमिलेपछि गठबन्धनमा तिक्तता आएको थियो। आपसी तिक्तता मेटाउन आज बिहानका लागि बैठक बोलाइएको थियो।
टिआरसी विधयेक टुङ्ग्याउन दलहरुबीच पटकपटक छलफल भए पनि निस्कर्षमा पुग्न सकेको छैन।
राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसले छुट्टाछुट्टै उम्मेद्वारी दिने तयारी गरेपछि गठबन्धनभित्र संकट उत्पन्न भएको हो। यही कारणले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली नजिकिएका छन्। प्रधानमन्त्री र ओलीबीच राष्ट्रियसभा अध्यक्षको चयन, टिआरसी विधयेक र नयाँ गठबन्धन बनाउनेबारे समेत पटकपटक छलफल भएको छ।
प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति असन्तुष्ट बनेको कांग्रेस पछिल्लो समय उनीसँग सशंकित हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !