संघीय संसद्का दुवै सदनको बैठक स्थगित

संघीय संसद्का दुवै सदनको बैठक स्थगित

काठमाडौं : प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। बालुवाटारमा एमाले नेतृत्वको नयाँ गठबन्धनको तयार भएसँगै फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि बैठक स्थगित भएको हो।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको जानकारी दिए।

संसद सचिवालयका अनुसार पनि संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन्।

नयाँ सत्तासमीकरण बन्ने भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका नेताहरूबीच छलफल भइरहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको हो।
null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.