प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शितल निवास जाँदै
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा जान लागेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास जाने भएका हुन्।
प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक विषयबारे छलफल गर्न आफू केहि समयपश्चात राष्ट्रपति कार्यालय आउने जानकारी पठाएको स्रोतले बताएको छ।
एमाले नेतृत्वको नयाँ समीकरणबाट संघीय सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री राष्ट्रपति कार्यालय जान लागेका हुन्। बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीमण्डलको नाम र पुरानो मन्त्री बर्खास्तको सूची लिएर उनी जाँदैछन्।
एमाले-माओवादी-रास्वपाको नयाँ गठबन्धनबाट प्रचण्ड नेतृत्वको सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ।
बालुवाटारको सहमतिअनुसार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने लगभग पक्का भएको छ।