मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

जोमसोम : मुक्तिनाथ दर्शनका लागि आएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ । भारतको गुजरातदेखि  ४० जनाको टोलीसहित मुक्तिनाथ दर्शन गर्न  गएका  ५७ वर्षीय भुपेन्द्र भाई पटेलको सोमबार लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ पुराङ रानीपौवामा उनलाई लेंक लागेर श्वासप्रश्वासमा समस्या देखिएको थियो। प्रहरीले पर्यटक लेंक लागेर बिरामी परेको सूचना पाएपछि प्रहरी निरीक्षक मिलनबहादुर विकसहितको प्रहरी ५ जना टोली जोमसोमबाट मुक्तिनाथ पुगेको थियो। 

प्रहरीको टोलीले बिरामी परेका पटेललाई त्यहाँबाट उद्दार गरी उपचारका लागि जोमसोम अस्पतालमा  ल्याएको थियो । अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा शनिबारदेखि प्रतिकुल मौसम र हिमपात भएको थियो । हिमपातपछि सो क्षेत्रमा चिसो समेत अध्यधिक बढेको थियो । प्रहरीले घटना बारेमा  आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.