जथाभावी फोहोर फ्याँके कारबाही

जथाभावी फोहोर फ्याँके कारबाही
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले जथाभावी फोहोर फ्याक्नेलाई कारबाही गर्ने भएको छ । सन्धिखर्क र चुत्राबेसी बजारमा रहेको बागीखोला, घोचेखोला र भद्रीखोला क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रचलन बढेको भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गर्ने सन्धिखर्क नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । फोहर फाल्ने व्यक्तिको सूचना दिन र सन्धिखर्क नगरलाई सफा बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । 

सन्धिखर्कमा फोहरमैला व्यवस्थापन र राजस्व परिचालनलगायतका विभिन्न विषयमा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रवक्ता तथा वडाध्यक्ष मोतीजंग रायमाझीले नगरपालिका र खोला किनार सफा बनाउने दायित्व स्थानीयको भएकाले सबै मिलेर सरसफाइमा आगडि बढ्नुपर्ने बताए ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा वडा नम्बर २ का टोल विकास संस्थाका पदाधिकारी र सन्धिखर्क नगरपालिकाबीच फोहरमैला व्यवस्थापन र राजस्व परिचालनसमेतका विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित टोल विकास संस्थाका पदाधिकारीहरूले सफा र स्वच्छ सन्धिखर्क नगर बनाउन आफूहरू प्रतिबद्ध भएर लाग्ने बताएका सन्धिखर्क नगरपालिकाका सरसफाइ फोकल पर्सन मुक्ति खनालले बताए । सहभागीहरूले नगरबाट हुने विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

टोल विकास संस्थाका पदाधिकारीलाई फोहोरमैला व्यवस्थापन, राजस्व परिचालन र विकास निर्माण लगायतका विभिन्न विषयमा जानकारी गराइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.