इलाका प्रशासन कार्यालय सिर्दिवासको सेवा ठप्प

इलाका प्रशासन कार्यालय सिर्दिवासको सेवा ठप्प

गोरखा : उत्तरी गोरखाको प्रशासनिक इकाइका रूपमा रहेको इलाका प्रशासन कार्यालय सिर्दिवासको सेवा विगत एक सातादेखि ठप्प रहेको छ। कार्यालय प्रमुख नहुँदा सेवा ठप्प रहेको नायब सुब्बा रामप्रसाद शर्माले जानकारी दिए। 

यसअघि गृह मन्त्रालयले विगत दुई वर्षदेखि शर्मालाई कार्यवाहक शाखा अधिकृतका रूपमा जिम्मेवारी दिएको थियो। एक साताअघि उनको कार्यवाहक जिम्मेवारी समाप्त भएको र म्याद थप नहुँदा काम हुन नसकेको उनले बताए। यसअघि ६-६ महिनामा नवीकरण हुँदै आएको उनको कार्यबाहक पद अहिले गृह मन्त्रालयले नवीकरण नगरेको हो। धार्चे गाउँपालिकाको वडा नम्बर १, २, ३ र चुमनुव्री गाउँपालिकाका सातै वडाका स्थानीयलाई नागरिकता, सीमा पास, नाबालक परिचयपत्र वितरण र जातीयसँगै अन्य कागजात प्रमाणित सोही कार्यालयबाट हुने गथ्र्यो। तर अहिले यी सबै सेवाका लागि सो क्षेत्रका स्थानीयलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ।

मन्त्रालयले शर्मालाई दिएको कार्यवाहकको जिम्मेवारी यही फागुन १२ गतेबाट समाप्त भएको थियो। त्यसयता जिम्मेवारी थप भएर नआएका कारण कार्यालयको सेवा प्रभावित बनेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बताए। ‘६-६ महिनामा म्याद थप हुने गरी २०७७ साल पुस १६ गतेबाट उहाँले कामु शाखा अधिकृतको जिम्मेवारी पाउँदै आउनु भएको थियो। अन्तिम पटकको म्याद यही फागुन १२ गते सकियो’, लामाले भने, ‘यसअघि म्याद सकिएको एक दिनमै गृह मन्त्रालयबाट थप गरिएको पत्र आउँथ्यो तर यसपटक १० दिन बितिसक्दासम्म पनि केही जानकारी आएको छैन।’ मन्त्रालयले कि अधिकृतस्तरका कर्मचारी पठाउनु पर्ने, कि शर्माको कामु म्याद थप गर्नुपर्ने उनले बताए। 

सदरमुकामबाट ५० देखि ५२ कोश टाढा रहेका तिब्बती सीमा क्षेत्रका बासिन्दालाई सेवा दिने कार्यालय लामो समयदेखि कामविहीन हुँदा दुर्गमवासी प्रभावित बनेको लामाको भनाइ छ। ‘त्यसका लागि मैले जिल्ला प्रशासन कार्यालयसँग पनि अनुरोध गरेको छु। अब गृहमन्त्रालयतिर पनि पहल गर्नेछु’ उनले भने, ‘दुर्गमका बासिन्दालाई दुःख दिनु भएन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.