सुदूरपश्चिम सरकारबाट माओवादीका तीन मन्त्री बर्खास्त

सुदूरपश्चिम सरकारबाट माओवादीका तीन मन्त्री बर्खास्त
तस्बिर : अन्नपूर्ण

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेश धामी,सामाजिक विकास मन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवीलाई बर्खास्त गरेका हुन्।

केन्द्रमा माओवादीसँगको गठबन्धन तोडेर माओवादी केन्द्रले एमाले,रास्वपा,जसपालगायत राजनीतिक दलसँग गठबन्धन गरेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।

माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल प्रचण्डले एमालेबाट पदमगिरी,माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई विनाविभागीय मन्त्री बनाएका छन्। उनीहरूले सोमबार नै शपथ ग्रहण गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.