अरबी शिक्षामा स्तातक गरेका ७० छात्रालाई शैक्षिक प्रमाणपत्र

अरबी शिक्षामा स्तातक गरेका ७० छात्रालाई शैक्षिक प्रमाणपत्र
सुन्नुहोस्

कपिलवस्तु : अरबी शिक्षामा स्तातक तह उत्तीर्ण गरेका ७० जना छात्रालाई स्नातक तह उत्तीर्णताको प्रमाणपत्र वितरण गरिएको छ। मायादेवी गाउँपालिका-२ भैसकुण्डास्थित मदरसा उम्मे अम्मार इस्लामिया कन्या कलेजका ७० जना छात्रालाई संयुक्त अरब ईमिरेटस (युएई)का राजदुत अब्दुल्लाह अश्सामसीले प्रमाणपत्र वितरण गरेका हुन्। 

अरबी शिक्षा तर्फ सन् २०२२ यताको ३ वर्षमा फजिलत (स्नातक तह) उत्तीर्ण गरेका छात्रालाई प्रमाणपत्र दिइएको कलेजका प्रमुख हिफजुर रहमानले बताए। कलेजमा हाल कक्षा ३ देखि स्नतातक तहसम्मका ५ सय छात्रा अध्ययनरत छन्। 

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ता, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, कार्यक्रमको संयोजन गरेका युवा नेता फैजल खान, मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन मुसलमान, पूर्वमन्त्री दान बहादुर चौधरी, युवा समाजसेवी ईस्तियाक खाँ लगायतले छात्राहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। 

कार्यक्रममा राजदुत अब्दुल्लाह अश्सामसीले युएईले धार्मिक समुदाय विशेषभन्दा पनि मानवीय सहयोगको क्षेत्रमा काम गर्दै आएको बताए। मानवीय सहयोगका कार्यक्रममा आफूहरू तत्परका साथ सहयोगमा जुट्छौं, उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.