चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज सेमिफाइनलमा
सुन्नुहोस्

झापा : न्युरोड टिम (एनआरटी) क्लबमाथि कठिन जित निकाल्दै चर्च ब्वाइज युनाइटेड छैटौं झापा गोल्डकपको अन्तिम चारमा पुगेको छ। बिर्तामोडस्थित डोमालाल रंगशालामा मंगलबार भएको क्वार्टरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। सहिद स्मारक ‘ए’ डिभिजन  लिग च्याम्पियन चर्च ब्वाइजको जितमा एकमात्र गोल विदेशी खेलाडीले गरेका थिए। 

खेलको ३६औं मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। दायाँ साइडबाट सञ्जित राईले दिएको पासलाई फकुन्लेले सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए। चर्च ब्वाइजका मिलन राईले खेलको ३२औं मिनेटमा पेनाल्टी एरियामा विपक्षी गोलरक्षकसँग वान टु वानको स्थितिमा पाएको अवसर सदुपयोग गर्न सकेनन्। उनको प्रहार गोलरक्षक पुजन होनाले बचाएका थिए। ८५औं मिनेटमा बिजु भुजेलले गोलरक्षकलाई बिट गरेर पोस्ट्को बायाँतर्फ गरेको प्रहार बाहिरिँदा अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो।

एनआरटीले खेलको २२औं मिनेटमा पाएको अवसर गुमाएको थियो। चर्च ब्वाइजका दीप कार्की बिट भइसकेको समयमा विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्न नसक्दा खेल बराबरी गर्न चुकेका थिए। ८०औं मिनेटमा सरोज तामाङले गरेको फ्रिकिक बार माथिबाट बाहिरिँदा एनआरटी स्तब्ध हुँदै घर फर्किन बाध्य भयो।  एनआरटी पाँच पटकको लिग विजेता हो। खेलको प्लेयर अफ दी म्याच चर्च ब्वाइजका सञ्जित राई घोषित भए। उनले ११ हजार रुपैयाँ पुरस्कार पाए। 

बुधबारको खेल त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच हुनेछ। आर्मी चार पटकको झापा गोल्डकपको विजेता टोली हो। साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो। फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा झापा–११ सहित १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले सात लाख रुपैयाँ पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.