प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाएर देशको आर्थिक संकट हटाउन एमालेले कोसिस गर्छ : बादल

प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाएर देशको आर्थिक संकट हटाउन एमालेले कोसिस गर्छ : बादल

गुल्मी : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाएर देशलाई आर्थिक संकटबाट मुक्ति गर्न एमालेले कोसिस गर्ने दाबी गरेका छन्। शुक्रबार प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले पुरानो गठबन्धनको आन्तरिक कारण, पार्टी र जनदबाबले सरकार विगठन भएको बताएका हुन्।

सरकारलाई स्थायित्व दिन एमाले सरकारमा गएको बताउँदै उनले वर्तमान गठबन्धन सरकारलाई अवसर र चुनौती दुबै रहेको  बताए  पूर्व गृहमन्त्री बादलले भने,‘सरकारमा अवसर र चुनौती दुबै रहेका छन्। जनताका आधारभूत आवश्यकता पूरा गर्न र सरकारलाई स्थायित्व दिन एमाले सरकारमा गएको हो।’

उनले देशलाई संकटको भूमरीबाट मुक्त गर्न एमाले पार्टीले विभिन्न अभियान सञ्चालन गरेको बताए। उनले नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन खडा भएको र संकटको भूमरीबाट देशलाई मुक्त गर्न पार्टीले ठोस कदम चालिरहेको दाबी गरे। उनले भने, ‘मुलुकको स्थिरताको लागि अहिलेको गठबन्धन बनेको छ। देशलाई समृद्धितर्फ उन्मुख गराउने दायित्व अब एमालेले पूरा गर्छ।’

कोरोना महामारीपश्चात भएको कांग्रेस नेतृत्वको गठबन्धन सरकारले राम्रो काम नगर्दा नेपालको श्रम शक्ति बाहिरिएको उनको दाबी छ। सत्ताको लडाइँमा अस्थिर कम्युनिष्ट शक्तिलाई हातमा लिन काङ्ग्रेसले अनेक जालझेल गरिरहेको बादलले आरोप लगाए।

फागुन २६ र २७ गते लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा सहभागी हुन उनी गृह जिल्ला आएका हुन्। अधिवेशनले देशको शान्ति प्रक्रियाको टुङ्गोमा पुर्‍याउन समेत सहयोग गर्ने उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.