बलात्कारको आरोपमा युवक पक्राउ

बलात्कारको आरोपमा युवक पक्राउ
सुन्नुहोस्

जाजरकोट : बलत्कारको अभियोगमा जाजरकोटमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भेरी नगरपालिका-५ छिप्रेनाका २६ वर्षीय दुर्गबहादुर विक रहेका छन्। 

दुर्गबहादुरले १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।

गत फागुन ८ गते घरमा सुतिरहेको बेला ती किशोरी बलात्कृत भएकी थिइन। बलात्कृत किशोरी सुस्त मनस्थितिकी रहेको बताइएको छ। उक्त घटनालाई गाउँमै मिलाउने प्रयास सफल नभएपछि मात्र मुद्दा प्रहरी कार्यालयमा आइपुगेको थियो। 

जाहेरी परे लगत्तै प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। गत वर्ष पनि सोही गाउँमा एक बोल्न नसक्ने बालिका बलात्कृत भएकी थिइन्। बलात्कारमा संलग्नहरू अहिलेसम्म पत्ता लाग्न सकेका छैनन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.