शाओमीको इन्ट्री लेभल रेड्मी एथ्री स्मार्टफोन नेपालमा

शाओमीको इन्ट्री लेभल रेड्मी एथ्री स्मार्टफोन नेपालमा
सुन्नुहोस्

काठमाडौं : शाओमीले नेपालमा रेड्मी एथ्री लन्च गरेको छ । इन्ट्री लेभल रेड्मी एथ्री लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको दाबी गरेको छ । रेड्मी एथ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षासहित सञ्चालित छ ।

१० वाट फास्ट चार्जिङ र ५ हजार एमएच ब्याट्रीको साथ रेड्मी एथ्रीलाई युएसबी टाइप सीमा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी एथ्री मा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरु उपलब्ध रहेको बताए । रेड्मी एथ्री स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन रहेको उनको दाबी छ ।

रेड्मी एथ्रीमा ६.७१ इन्चको एचडी प्लस डिस्प्ले छ । फोनमा मिडियाटेक हेलियो जी ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी एथ्रीले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ । ४ जिबी र्‍याम र १२८ जिबी स्टोरेजको साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्ने बताइउको छ ।

एथ्री ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू रङमा उपलब्ध छ । फोन ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ । यी भेरियन्टको मूल्य क्रमशः १२ हजार र १३ हजार रुपैयाँ कायम गरिएको छ ।

३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबीको मूल्य क्रमश रु. ११,९९९ र रु. १२,९९९  पर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.