मदिरा खाएर अर्काको घरमा पसेका एकजनाको कुटपिटबाट मृत्यु, दम्पतीसहित पाँचजना पक्राउ

मदिरा खाएर अर्काको घरमा पसेका एकजनाको कुटपिटबाट मृत्यु, दम्पतीसहित पाँचजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : मदिरा खाएर अर्काको घरमा पसेका एकजनाको कुटपिटपछि ज्यान गएको छ । धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको कुटपिटपछि ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नाउव उपरीक्षक कुलदीप चन्दले सोमबार राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको बताए । 

कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको डीएसपी चन्दले बताए । प्रहरीले रानाले मदिरा सेवन गरेर अर्काको घरमा पसेको खुल्न आएको जानकारी दिए।

रानाको हत्या भएको आशंकामा प्रहरीले सोधपुछका लागि चौधरी दम्पत्तीसहितका पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मीनबहादुर चौधरी,उनकी पत्नी पुनम चौधरी, छोरीसहित ५ जना रहेको प्रहरीले जनाएको छ ।

मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पत्ती छिमेकी समेत हुन् । राना चौधरी घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । अवस्था गम्भीर भएपछि रानालाई अस्पताल लगिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.